अवैध लागूऔषध सहित एक जना पक्राउ

अवैध लागूऔषध सहित एक जना पक्राउ

बाँके, साउन २

नेपालगंज उपमहानगरपालिका–२० नटनपुरुवा बस्ने २४ वर्षीय धर्मराज बर्मालाई उनकै घर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।