नेप्सेमा ५४ अंकको उच्च बृद्धि, सबै सुचकहरु हरियो

नेप्सेमा ५४ अंकको उच्च बृद्धि, सबै सुचकहरु हरियो

काठमाडौं, साउन २

नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ५४ दशमलव चार अंकले बढेर २३ सय ६४ दशमलव ६३ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव २५ अंकले बढेर चार सय १९ दशमलव ७७ अंकमा चढेको छ । तीन सय छ वटा कम्पनीहरुको एक लाख ४९ हजार चार सय ८१ पटकको कारोबारमा तीन करोड २० लाख ९५ हजार नौं सय ३७ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । 
नेप्सेमा आज सेन्ट्रल फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने सिटिजन्स म्युचुअल फण्ड २ ले सबैभन्दा बढी गुमाएको छ । सिंगटी हाईड्रो इर्नर्जी कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।