विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा, साउन ५

लागूऔषध मुद्दा र गौवध मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दीबारी गाउँपालिका–१ बस्ने ४४ वर्षीय मिन भन्ने मणि कुमार तुम्बापो र दमक नगरपालिका–२ बस्ने २९ वर्षीय किसन राजबंशी रहेका छन् । 

पक्राउ मध्ये किसनलाई जिल्ला अदालत झापाको २०८० फागुन २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय ठहर भएको थियो भने मणि कुमारलाई जिल्ला अदालत झापाको २०७८ पुस १४ गतेको फैसला उल्टि भई उच्च अदालत विराटनगर इलाम इजलासको २०८० मंसिर २० गतेको फैसलाले गौवध मुद्दामा १ महिना कैद सजाय ठहर भएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।