विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ सार्वजनिक

विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ सार्वजनिक

काठमाडौं, साउन ६

विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो बिहिबार सारथी मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो । अमरदीप बीसीको शब्द रचना र संगीत रहेको सो गीतलाई मदन केसीले एरेन्ज गरेका हुन् ।

लोक ब्याटल्समा आधारित भिडियोमा गोविन्द थापा, स्मिता पल्लि मगर र अर्जुन पौडेलले अभिनय गरेका छन् भने कोरियोग्राफरको भूमिका अन्जना बस्नेतले गरेकी छिन् । यस्तै भिडियोको निर्देशन राज मगरले गरेका छन् । भिडियोलाई सुमन थापाले खिचेका हुन् भने सम्पादन र कलरिङ पनि उनी स्वयंले गरेका हुन् । 

भिडियो लिंक

https://youtu.be/vMW7VrEQtU0?si=mXaS3X_wREUr2ZE6