प्रमोकोड फोन पे डाईरेक्ट प्रयोग गरी आईफोन १५ प्रो जित्न सकिने

प्रमोकोड फोन पे डाईरेक्ट प्रयोग गरी आईफोन १५ प्रो जित्न सकिने

ललितपुर, साउन ६

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपे ले आफ्नो प्रमुख अभियान “फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु. आर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कुरा विशेष रूपमा बताएको छ ।

यो अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ । यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आईफोन १५ प्रो दिने मेगा उपहार योजना छ । यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोन पे डाईरेक्ट बाट पैसा पठाउदा रिमार्क्ससेक्शनमा विशेष प्रमोको फोन पे डाईरेक्  राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर फोन पे डाईरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ । 

“हामी “फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँ को ठाउँ” विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौंू; फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने, यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्ट लाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् । बैंक परिसरहरुबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य हो । फोनपेले सँधै आफ्नो ग्राहकहरूको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिन्छ र उच्च स्तरको एन्क्रिप्शन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरेर मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गर्दछ ।