नेप्सेमा ६१ अंकको उच्चबृद्धि, १५ अर्ब २३ करोडको शेयर किनबेच

नेप्सेमा ६१ अंकको उच्चबृद्धि,  १५ अर्ब २३ करोडको शेयर किनबेच

काठमाडौं, साउन ६

नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ६१ दशमलव ६१ अंकले बढेर २४ सय ८५ दशमलव ९४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ५३ अंकले बढेर चार सय ४९ दशमलव ६८ अंकमा चढेको छ । तीन सय १५ वटा कम्पनीहरुको एक लाख ७७ हजार चार सय ६७ पटकको कारोबारमा चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर  किनबेच भएकोमा कुल कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, व्यापार र अन्य समुहको सुचक पनि बढेका छन् । नेप्सेमा आज युनाईटेड मोदी हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने सिक्लेस हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सोल्टी होटल लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।