नेप्सेमा सामान्य बृद्धि, १३ अर्ब ९१ करोडको शेयर किनबेच

नेप्सेमा सामान्य बृद्धि,  १३ अर्ब ९१ करोडको शेयर किनबेच

काठमाडौं, साउन ७

नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने दुई दशमलव १५ अंकले बढेर २४ सय ८८ दशमलव शुन्य नौं अंकमा पुगेपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ८९ अंकले घटेर चार सय ४८ दशमलव ७९ अंकमा सिमित भएको छ ।

नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको एक लाख ७० हजार पाँच सय ५९ पटकको कारोबारमा तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जीवन बीमा, पर्यटन, लगानी र लघुवित्त सहितका छ वटा समुहहरुको सुचक घटेका छन् भने फाईनान्स, जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका सात वटा समुहहरुको सुचक भने बढेका छन् । नेप्सेमा आज मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने गणपती लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।