एनएमबी बैंकमा ८.९२ प्रतिशतदेखि घर कर्जा

एनएमबी बैंकमा ८.९२ प्रतिशतदेखि घर कर्जा

काठमाडौं, साउन ७

एनएमबी बैंकले एनएमबी होम लोनमा ८.९२ प्रतिशतबाट सुरू हुने आकर्षक फ्लोटिङ ब्याजदर उपलब्ध गराएको छ । एनएमबी होम लोनको साथ ग्राहकहरूले फ्लोटिङ दरको ब्याजदरको आनन्द लिन सक्ने बैंकले जानकारी दिएको छ । यो कर्जा अन्र्तगत ग्राहकले आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन् ।

घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कुरा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बैंकको भनाई छ । बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।