नेप्सेमा ३२ अंंकको उच्च बृद्धि १४ अर्ब १३ करोडको शेयर किनबेच

नेप्सेमा ३२ अंंकको उच्च बृद्धि १४ अर्ब १३ करोडको शेयर किनबेच

काठमाडौं, साउन १०,


अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने उच्च अंकले बढेको छ । नेप्से आज ३२ अंकले बढेर २५ सय ६८ दशमलव ११ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव शुन्य नौं अंकले बढेर चार सय ६० दशमलव शुन्य तीन अंकमा चढेको छ ।

तीन सय २० वटा कम्पनीहरुको एक लाख ५९ हजार सात सय ५८ पटकको कारोबारमा तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैंयाँ पुगेको छ ।  नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये बिकास बैंक, जलबिद्युत, लगानी र अन्य समुहको सुचक घटेपनि बाँणिज्य बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार सहितका नौं वटा समुहहरुको सुचक बढेका छन् । 


नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संंस्थाको शेयर मुल्य बढेको छ भने मितेरी डेभलपमेन्ट बैंकको शेयर मुल्य घटेको छ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।