राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा थापा

राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा थापा

काठमाडौं, साउन १०


राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृतमा राम कुमार थापा चयन भएका छन् । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको यही साउन तीन गते बसेको बैठकको निर्णय अनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।


बिसं २०५४ सालमा शाखा अधिकृत (तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।