हिमालयन बैंकद्धारा बनेपा शाखा स्थान्तरण

हिमालयन बैंकद्धारा बनेपा शाखा स्थान्तरण

काठमाडौं, साउन १३

हिमालयन बैंक लिमिटेडले बनेपा शाखा स्थान्तरण गरेको छ । हिमालयनले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी साविक स्थानबाट करीब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका वडा नं ७, काभ्रे जिल्लाबाट आईतबार सो स्थानमा एउटा नयाँ शाखाका रुपमा पनौती शाखाको नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको हो ।

 
बंैकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बंैकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका हुन । हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पस टर्मिनल्स र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।