`नतिजा आउने गरी कामगर्न कर्मचारीलाई मन्त्री अधिकारीको २५ बुँदे निर्देशन

`नतिजा आउने गरी कामगर्न कर्मचारीलाई मन्त्री अधिकारीको २५ बुँदे निर्देशन

काठमाडौं, साउन १३


भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवाप्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालयमा तहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् । 


मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहित मन्त्रालयका सह–सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग र सहकारी विभागका महानिर्देशक, सहकारी प्रशिक्षणा तथा अनुसन्धान केन्द्र, राष्ट्रिय सहकारी विकास बोर्ड, गुठी संस्थान, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका प्रमुख सहितको ४३ जनाको उच्च नेतृत्वलाई मन्त्री अधिकारीले कार्यान्वयनको समयसिमा नै तोकेर निर्देशन दिएका हुन ।

 
मन्त्री अधिकारीले दुई दिवसीय पुनरताजर्गी कार्यक्रममा भूमिव्यवस्थापन, सहकारी तथा गरिबी निवारणको क्षेत्रमा विद्यमान अवस्था र सुधारका लागि कार्ययोजना सहित छुट्टा छुट्टै प्रस्तुतीककरण र छलफलपछि मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन ।

मन्त्री अधिकारी समक्ष मन्त्रालयका मातहतका उच्च पदाधिकारी, बिभागिय प्रमुख तथा महानिर्देशकहरुले आगामी दिनमाप्राप्त निर्देशन पुर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।