नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रुपमा सम्मानित

नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रुपमा सम्मानित

काठमाडौं, साउन १४,
 

नेपाल वायुसेवा निगम सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रुपमा सम्मानित भएको छ । नेपाल फ्रेट फरवार्डस एशोसिएसनद्धारा  २९ जुलाई, २०२४ मा काठमाडौंमा आयोजित ३० औं कार्गो दिवसको सु–अवसरमा यो सम्मान गरिएको हो । 
 

निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यहरुमा डयान्जरस गुड्स (डिजी) लगायत कार्गो बोक्दै आइरहेको र यस्ता सम्मानबाट कार्गो व्यापारलाई बढाउन अझै हौसला मिलेको बताउँदै यस कार्यमा सहयोग गर्ने सबै सरोकारवालाहरु, कार्गो एजेन्ट, फ्रेट फरवार्डस तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।