प्रिन्सिपल नियुक्तिसँंगै नेकमा संयुक्त रुपमा विरोध

प्रिन्सिपल नियुक्तिसँंगै नेकमा संयुक्त रुपमा विरोध

काठमाडौं, साउन १४


नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा नयाँं प्रिन्सिपल नियुक्त भएसँंगै विरोध सुरु भएको छ । यसअघिका कार्यबाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीलाई प्रिन्सिपल नियुक्त गरेपछि कलेजका चार वटा संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी विरोध जनाएका हुन् । 


प्रजातन्त्रवादी प्राध्यापक संघ नेक एकाइ समिति, नेपाल प्रगतिशिल प्राध्यापक संगठन नेक इकाइ समिति, नेक कर्मचारी संघ नेक एकाइ समिति र नेक स्वतन्त्र कर्मचारी संगठन नेक एकाइ समितिले सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी विरोध जनाएका हुन् ।

कलेजको अवस्था दिनप्रतिदिन खराब भइरहेको, कलेज संस्थागत रुपमा संचालन हुन नसकेको, भर्ना प्रक्रिया अत्यन्तै कमजोर अवस्थामा रहेको, कलेजको लेखापरीक्षण हुन नसकेको, कलेजका खर्चहरु पारदर्शी हुन नसकेको, लामो समयसम्म पनि प्रशासन र लेखा एकै व्यक्तिबाट संचालन भइरहेको, कलेजमा संचालनमा रहेका प्रोजेक्टहरुको आर्थिक पारदर्शिता शुन्यमा रहेको, बिगतमा भएका आर्थिक अनियमिततामा कुनै निष्कर्ष नआएको, आम्दानी दिनप्रतिदिन घटदै गइरहेको तर खर्च कटौतीका कुनै पनि उपायहरु अवलम्बन नगरिएका, संचालक समितिमा शिक्षक प्रतिनिधिकोतर्फबाट संचालक सदस्यको अवस्था अज्ञात भएको र हालसम्म पनि संचालक सदस्य स्थापित हुन नसकेकाले कलेज परिवारमा चरम निराशा, अन्यौल, असुरक्षा तथा बिभाजन देखापरिरहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यी सन्दर्भहरु राखी तत्काल पूर्णकालिन प्राचार्य नियुक्ति गर्न  २०८० पुस ३ मा संयुक्त विज्ञप्ति पेश गरिएको र तत्पश्चात संचालक समितिका बैठकहरुमा पटकपटक सामाजिक संस्थाको मर्म बमोजिम पारदर्शी पक्रिया अपनाई योग्य व्यक्तिलाई पूर्णकालिन प्राचार्य नियुक्ति गर्न संघ–संगठनहरुले अनुरोध गरेको विज्ञप्तिमा स्मरण गराइएको छ । 


यस्तो अवस्थामा साउन ११ गतेको संचालक समितिको बैठकबाट सामाजिक संस्थाको मर्म बमोजिम कुनै प्रक्रिया र मापदण्ड नअपनाई तथा २०८० पुस ३ को संयुक्त विज्ञप्तिको सुझाबलाई समेत पूर्णतया वेवास्ता गरी दुर्गाप्रसाद भण्डारीलाई प्राचार्य नियुक्ति गरिएकोमा आफूहरुको विरोध रहेको जनाएको छ । सो नियुक्तिबाट कलेजका विद्यमान समस्याहरु समाधान नभई कलेज ओरालो यात्रामा जाने हाम्रो निष्कर्ष उनीहरुको छ । तसर्थ अब उपरान्त हुने कलेजको अवस्थाको सम्पूर्ण जिम्मेबारी संचालक समितिलेनै लिनुपर्ने छ, विज्ञप्तिमा चुनौती दिइएको छ ।


कलेजमा कार्यरत शिक्षक÷कर्मचारीहरुको हकहितको लागि तथा कलेज प्रशासनबाट भएका कमिकमजोरी सच्याएर अगाडि बढ्न र एक सवल तथा गुणस्तरीय शैक्षिक इन्जिनियरिङ कलेज बनाउन आफूहरुको उद्देश्य रहको विज्ञप्तिमा उल्लेख छ । सुंयुक्त ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय भक्तपुर, पोखरा विश्वविद्यालय कास्की र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल सरकारलाई पनि बुझाइएको छ ।