सिद्धार्थ बैंकका ग्राहकहरुलाई दूसीत् प्रिन्सेस् काठमाण्डौंमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई दूसीत् प्रिन्सेस् काठमाण्डौंमा १५ प्रतिशतसम्म छुट

काठमाडौं, साउन १४


सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेस् काठमाण्डौं बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।


सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाट स्थित दूसीत्प्रिन्सेस् काठमाण्डौंमा बैंकको कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।


यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सकिने बैंकको भनाई छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।