पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

दाङ, १५ साउनः

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–१ स्थित भलुवाङ कृष्णसेन इच्छुक चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु प प्र ००१(ख)२७७९ नम्बरको ट्रकले स्थानीय फलफूल व्यापारी लोकप्रसाद भट्टराईलाई ठक्कर दिँदा घटना स्थलमै मृत्‍यु भयपछि आफन्तहरुले दोषीलाई कारबाही तथा उचित क्षतिपूर्तिको माग राख्दै पूर्व–पश्चिम राजामार्ग तथा भालुवाङ प्युठान सडक अवरुद्ध गरेका छन् । ठक्कर दिने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्बिरः कुलदीप न्यौपाने/रासस