नेप्सेमा उछाल,६४ अंकले बढ्दा झण्डै २२ अर्बको शेयर किनबेच

नेप्सेमा उछाल,६४ अंकले बढ्दा झण्डै २२ अर्बको शेयर किनबेच

नेप्सेमा उछाल आएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से ६४ दशमलव २५ अंकले बढेर २७ सय ६० दशमलव ९० अंकमा पुगेकोमा सेन्सिसिटिभ पनि १० दशमलव ६५ अंकले बढेर चार सय ९६ दशमलव शुन्य तीन अंकमा चढेको छ ।

तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ३८ हजार दुई सय ७२ पटकको कारोबारमा पाँच करोड नौं लाख ६७ हजार नौं सय ५१ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ रुपैंयाँ पुगेको छ ।  


नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।  

नेप्सेमा आज युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाएको छ भने सिभिल बैंक ऋणपत्र २०८८ ले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।