नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साईमेक्स इंकबिच सम्झौंता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साईमेक्स इंकबिच सम्झौंता

काठमाडौं, साउन १८


नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साईमेक्स इंकबिच सम्झौंता भएको छ । बैंकका अनुुसार बिवाईडीका सबै मोडलका गाडीहरुमा कर्जा उपलब्ध गराउने बिषयमा साईमेक्स इंकसंग सम्झौंता गरिएको हो । 


सम्झौंता अनुसार बिद्युतीय गाडी बिवाईडीमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराईने छ ।  सम्झौंतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साईमेक्स इंककी सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेकी हुन । बैंकले हाल देभर सबैक्षेत्रमा गरी दुई सय ७२ वटा शाखा कार्यालय, दुई सय ६६ वटा एटिएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।