नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा टाटाको गाडीमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा टाटाको गाडीमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बिच विद्युतिय सवारी कर्जाका लागि सम्झौता भएको छ । सम्झौता अनुसार टाटाका विद्युतिय गाडी खरिद गर्दा ग्राहकहरुले हाल कायम बैंकको बेश रेटमा अतिरिक्त १ प्रतिशत गरि कुल ८.८२ प्रतिशत ब्याजदरमा   फाइनान्स सुविधा प्राप्त गर्नेछन ।

अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च इभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिनेछ । सहज र झञ्झटरहित तरिकाले ३ कार्यदिन भित्रमा कारोवार रकमको ८० प्रतिशत सम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ । 

टाटाका बिद्युतिय गाडीहरु नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरुको अग्रपक्तीमा रहेका छन । आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि बिद्युतिय गाडीको लोकप्रियता बढिरहेको छ ।

टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ । दैनिक तथा व्यक्तीगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । 


विस्तृत जानकारीका लागिः
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.
टोल फ्री नं. १६६००१५५७७७, ९८०१५७५७७७