गार्डियान माइक्रो लाईफ र नेपाल एसबिआई मर्चेन्टबिच सम्झौंता

गार्डियान माइक्रो लाईफ र नेपाल एसबिआई मर्चेन्टबिच सम्झौंता

काठमाडौं, साउन २१

गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबिच सम्झौंता भएको छ । गार्डियानले सर्वसाधारणलाई जारी गर्न लागेको एक सय रुपैंयाँ अंकित मुल्य कायम रहेको २२ करोड ५० लाख रुपैंयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर खरीद प्रत्याभुति सेवा को लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्री प्रर्वन्धकमा नियुक्त गरिएको हो ।  

सोमबार एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।  

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।