४० अंकले बढ्यो नेप्से

४० अंकले बढ्यो नेप्से

काठमाडौं, साउन २१
 

नेप्से उच्च अंकले बढेको छ । आज सोमबार नेप्से ४० दशमलव ७६ अंकले बढेर २७ सय ९६ दशमलव ३८ अंकमा पुगेपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ९७ अंकले घटेर चार सय ९१ दशमलव ७८ अंकमा झरेको छ ।

तीन सय २६ वटा कम्पनीह्रुको दुई लाख ३८ हजार ७८ पटकको कारोबारमा चार करोड ९७ लाख ७३ हजार सात सय ३०९ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ रुपैंयाँ पुगेको छ ।  
 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् भने जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा होटल तथा पर्यटन, लगानी, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । ्
 

नेप्सेमा आज रुरु जलबिद्युत परियोजना लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने नेपाल फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीेको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।