नेपाल फाईनान्सद्धारा शाखा स्थानान्तरण

नेपाल फाईनान्सद्धारा शाखा स्थानान्तरण

काठमाडौं, साउन २१,
 

नेपाल फाईनान्सले शाखा स्थानान्तरण गरेको छ । फाईनान्का अनुसार सोमाबारदेखि संस्थाको ल.म.न.पा. वडा नं. ५, लगनखेलमा संचालनमा रहको शाखा कार्यालयलाई ल.म.न.पा. वडा नं. ६, प्रयागपोखरीमा स्थानान्तरण गरी कारोबार संचालनमा ल्यार्ईएको हो । कार्यक्रमको समुद्घाटन संस्थाका संचालक दिप्रश शाक्यले गरेका हुन । 
 

निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.स.  २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाले सोमबार स्थानान्तरण गरेको लगनखेल शाखाको अतिरिक्त काठमाडौ महानगरपालिका–२८ कमलादीमा रहेको केन्द्रिय कार्यालय सहित न्युरोड, ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र तिलोत्तमा, नवलपुरको गैंडाकोट, कास्कीको माछापुच्छ«े गाउँपालिका, मकवानपुरको हेटौडा, जनकपुरको धनुषाधाममा रहेका शाखा कार्यालय र काठमाण्डौको कालिमाटीमा रहेको विस्तारित काउण्टर मार्फत आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ । 
 

फाईनान्सले अत्याधुनिक बैकिंग सेवाको साथसाथै मोवाईल बैकिंग सेवा, डिजिटल बैंकिंग, एटिएम कार्ड, कनेक्ट आईपिएस, कर्पोरेट पे, ईन्टरनेट बैकिंग, एसएमएस सुविधा लगाएतका सेवाहरु संचालनमा रहेका सबै शाखाहरु मार्फत प्रदान गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलियाले बताए ।