छ अंकले बढ्यो नेप्से छ वटा समुहले कमाउँदा सात वटा समुहले गुमाए

छ अंकले बढ्यो नेप्से छ वटा समुहले कमाउँदा सात वटा समुहले गुमाए

काठमाडौं, साउन २४

नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार छ दशमलव ७० अंकले बढेर २७ सय ६६ दशमलव ३८ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दशमलव २१ अंकले बढेर चार सय ८३ दशमलव ६८ अंकमा चढेको छ  ।

तीन सय २२ वटा कम्पनीहरुको दुई लाख नौं हजार दुई सय ६५ पटकको कारोबारमा पाँच करोड नौं लाख ४६ हजार आठ सय ३२ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम २० अर्ब सात करोड चार लाख ३४ हजार एक सय तीन रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् भने जलबिद्युत, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक बढेका छन् । 

नेप्सेमा आज कर्णाली डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । शिवम सिमेन्टको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।