समृद्धि फाईनान्सको औरही शाखाद्धारा बृक्षारोपण

समृद्धि फाईनान्सको औरही शाखाद्धारा बृक्षारोपण

काठमाडौं, साउन २४


समृद्धि फाईनान्सको औरही शाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सका अनुसार बिहिबार ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कूल– औरही १ परिसरमा विभिन्न फलफुल र फुलका २७ वोटा बोट लगाई उक्त कार्यक्रम सम्पन्न गरिएको हो । श्रावण पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम श्रावण महिना भित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।


समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।