प्रभु बैंकको तीन सय १५ औं शाखा प्युठानको बिजुवारमा

प्रभु बैंकको तीन सय १५ औं शाखा प्युठानको बिजुवारमा

काठमाडौं, साउन २५,

प्रभु बैंक लिमिटेडले प्युठानको प्युठान नगरपालिका–४ बिजुवारमा आफ्नो ३ सय १५ औं शाखा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको समुद्घाटन गरेका हुन ।

उक्त शाखा मार्फत शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बैंकले विश्वास लिएको छ ।
 

बैकले हाल सबै क्षेत्रमा गरी तीन सय १५ वटा शाखा कार्यालयहरु, दुई सय ८६ वटा एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।