समृद्धि फाईनान्सको इटहरी शाखाबाट बृक्षारोपण

समृद्धि फाईनान्सको इटहरी शाखाबाट बृक्षारोपण

काठमाडौं, साउन २५,


समृद्धि फाईनान्सले इटहरी शाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी बिराटनगर लयेन राजमार्ग परिसरमा शुक्रबार १८ वटा बगम्बेली फुलका बोट लगाई सम्पन्न गरिएको फाईनान्सले जानकारी दिएको छ ।  
 

फाईनान्सका अनुसार श्रावण पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भैसकेको र श्रावण महिना भित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।