नेप्सेमा हरियाली २५ अर्ब भन्दा बढीको शेयर किनबेच

नेप्सेमा हरियाली २५ अर्ब भन्दा बढीको शेयर किनबेच

काठमाडौं, साउन २७
 

नेप्सेमा पुरै हरियाली छाएको छ । आज आईतबार नेप्से ९४ दशमलव ५३ अंकले बढेर २८ सय ६० दशमलव ९१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव २३ अंकले बढेर पाँच सय एक दशमलव ९१ अंकमा चढेको छ । तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ७५ हजार दुई सात वटा कम्पनीहरुको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौं रुपैंयाँ पुगेको छ ।  
 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहहरुको सुचक बढेका छन् । 
नेप्सेमा आज सबै भन्दा बढी कमाउने कम्पनीहरुको सुचीमा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड परेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।