हिमालयन बैंकद्धारा दुई वटा शाखा स्थानान्तरण

हिमालयन बैंकद्धारा दुई वटा शाखा स्थानान्तरण

काठमाडौं, साउन २७


हिमालयन बैंक लिमिटेडले दुई वटा शाखाहरु स्थानान्तरण गरेको छ । बैंकका अनुसार सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा र धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा–२ लाई स्थानान्तरण गरी आईतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरिएको हो । 

 


बंैकले ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा –२ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।


बंैकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र  पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका हुन । 


हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २७२ एटिएम, ६,५०० भन्दा बढी पस टर्मिनल्स र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।