ग्लोकल टीन हिरो नेपालको १० औं संस्करण अन्तर्गत, ग्लोकल २० अन्डर २० को घोषणा

ग्लोकल टीन हिरो नेपालको १० औं संस्करण अन्तर्गत, ग्लोकल २० अन्डर २० को घोषणा

काठमाडौं, साउन २८,


ग्लोकल टीन हिरो नेपाल १० औं संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा भएको छ । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ  ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ । 

देशभरिबाट आएको ७०९ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२४ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २० अन्डर २० चयन गरिएको छ । २० अन्डर २० किशोरकिशोरीहरूले विज्ञान, स्वास्थ्य कार्यकर्ता, उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान÷अनुसन्धान जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । 

उत्कृष्ट ६ को घोषणा अगस्ट २० तारिकमा हुने छ र चयन भएका युवाहरुको सम्मान सेप्टेम्बर १, २०२४ मा हुने ग्लोकल टिन हिरो अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ ।