हुन्डाईको टेष्ट ड्राईभ एण्ड वीन क्याम्पेन

हुन्डाईको टेष्ट ड्राईभ एण्ड वीन क्याम्पेन

काठमाडौं, साउन २८


हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई टेष्ट ड्राईभ एण्ड वीन’ क्याम्पेन ल्याएको छ जस अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु  टेस्ट ड्राइभ गर्न सकिने छ ।  

 


प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन। यो क्याम्पेन दुई साता चल्ने कम्पनी ले जानकारी दिएको छ ।


नयाँ हुन्डाई क्रेटा हालै अगस्त ६ मा सार्वजनिक गरिएको थियो । लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो । यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ । प्रारम्भिक मूल्य ५५,९६,००० रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।


त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशन मार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो । यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी , कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ । मेड इन नेपाल हुन्डाई भेन्यु १.२ एस को मूल्य ४४,९६,००० र भेन्यु १.२ एसएक्स को मूल्य ५३,५६,००० कायम गरिएको छ ्र मेड इन नेपाल हुन्डाई भेन्यु मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।


श्रावन २८ गते बाट सुरु हुने यस क्याम्पेनमा नेपालभरका इच्छुक ग्राहकले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन् । यो क्याम्पेनको विजेताको घोषणा साप्तहिकरुपमा लक्की ड्र मार्फत छनोट गरिनेछ र कम्पनी को फेसबुक पेज मार्फत जानकारी गराईनेछ । चाडपर्व नजिकिदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकहरूलाई  विभिन्न हुन्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान गरि आफ्नो गाडी किन्रे योजनामा थप मद्दत पुग्ने विश्वास लिएको छ । 


लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरीका १६ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ । इच्छुक  ग्राहकले आजै आफू नजिकैको हुन्डाई शो–रुम गई यस योजनामा सहभागी भइ टेस्ट–ड्राइभ गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।