उच्च अंकले बढ्यो नेप्से एकैदिन २९ अर्ब भन्दा बढीको शेयर कारोबार

उच्च अंकले बढ्यो नेप्से एकैदिन २९ अर्ब भन्दा बढीको शेयर कारोबार

काठमाडौं, साउन ३१

नेप्से उच्च अंकले बढेको छ । आज बिहिबार नेप्से ४३ दशमलव शुन्य पाँच अंकले बढेर तीन हजार दशमलव ८१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव शुन्य एक अंकले बढेर पाँच सय ३५ दशमलव ५१ अंकमा पुगेको छ ।  

नेप्सेमा आज तीन सय ३४ वटा कम्पनीहरुको तीन लाख ११ हजार पाँच सय ३६ पटक शेयर कारोबार भएकाछ । सो अनुसार नेप्सेमा आज छ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक बढेका छन् । 

नेप्सेमा आज बुटवल पावर कम्पनीले सबैभन्दा बढी कमाएको छ भने नेपाल फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । सबैभन्दा बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।