समृद्धि फाईनान्सको मधुवन शाखाबाट बृक्षारोपण

समृद्धि फाईनान्सको मधुवन शाखाबाट बृक्षारोपण

काठमाडौं, साउन ३१


समृद्धि फाईनान्सले बुधबारको दिन संस्थाको मधुवन शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफुल र फुलका २६ वोटा बोट लगाई सम्पन्न गरिएको हो । श्रावण पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ, बनेपा, इटहरी र औरही शाखाबाट सम्पन्न भैसकेको र श्रावण महिना भित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।


फाइनान्सले हाल १३्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।