नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स “शेपिङ द फ्यूचर”सम्पन्न

नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स “शेपिङ द फ्यूचर”सम्पन्न

काठमाडौं, साउन ३२,
 

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले “शेपिङ द फ्यूचर” भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।
 

कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको सोसम्मेलनको पानसमा द्धिप प्रज्वलन गरी समुद्धघाटन गर्दै अध्यक्ष सिंहले आ.व. २०८०÷८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमितवर्गहरु अभिकर्तावर्गहरु व्यवस्थापन र कर्मचारीहरुको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले नै सम्भव भएको हुँदा यस सफलताका लागि योगदान गर्नै सम्पुर्णलाई बधाई ज्ञापन गरिन ।

साथै उनले आ.व. २०८०÷८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरु लगायत सवैभन्दा बढि प्रिमियम संकलन गर्ने शाखाहरु र उत्कृष्ट ठहरिएका ५ शाखाहरुलाई सम्मान तथा पुरस्कृत गरेकी थिईन ।
 

जीवन बीमा व्यवसाय संग सम्वन्धित विभिन्न पाटोहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचनागरी आर्थिक बर्ष २०८१÷८२ को लागि लक्ष्य निर्धारण गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलनमाविभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
 

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडी बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोड भन्दा बढि संकलन गर्न सफल भएको तथा अन्य सबै सुचांकहरुमा पनि सकरात्मक वृद्धि गर्न संभव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सम्पुर्ण बीमित वर्गहरु अभिकर्ता वर्गहरु र कर्मचारीहरु, बधाईको पात्र रहेको बताए । साथै आगामी आर्थिक बर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएकोले उक्त चुनौती पुरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे ।
 

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण दिदैं बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गरिन । उनले राष्ट्रिय हितका लागि आतंकवादि वित्तिय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको बताईन ।

सो समारोहमा मोटिभेसनल ट्रेनर सुदिप बस्नेतले सहभागि कर्मचारीहरुलाई तालिम प्रदान गरेका थिए । यसै गरी आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र शैलेन्द्र हमालले सम्पुर्ण कर्मचारीहरुलाई तनाव व्यवस्थापन सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । 
 

उपस्थित कर्मचारीहरुलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता लगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।