एकै दिन ३४ अंकले घट्यो नेप्से २८ अर्ब ८३ करोडको शेयर किनबेच

एकै दिन ३४ अंकले घट्यो नेप्से २८ अर्ब ८३ करोडको शेयर किनबेच

काठमाडौं, भदौ २

साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ३४ दशमलव ४७ अंकले घटेर २९ सय ६६ दशमलव ३३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि छ दशमलव ६५ अंकले घटेर पाँच सय २८ दशमलव ८५ अंकमा पुगेको छ । 

नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको तीन लाख नौं हजार १८ पटकको कारोबारमा छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ रुपैंयाँ पुगेको छ । 
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये बाँणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ भने बिकास बैंैक, फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक घटेका छन् । 

नेप्सेमा आज राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी कमाएको छ भने नेपाल फाईनान्सले सबै भन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।