बसन्तपुरमा गाईजात्रा (फोटोफिचर)

बसन्तपुरमा गाईजात्रा (फोटोफिचर)


 
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा मङ्गलबार काठमाडौँको  बसन्तपुरमा  सहभागीहरु । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । तस्बिर : हरिराम भेटुवाल/ रासस