टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार

टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार

 काठमाडौं, भदौ ४ 

 नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । यो पुनर्विचार महिनौंको कूटनीतिक दबाब र टिकटकबाट स्थानीय नियमहरूको पालना गर्ने प्रतिबद्धताहरू पछि आएको हो। 

टिकटकले बारम्बार प्रतिबन्ध हटाउन अनुरोध गर्दै सबै नेपाली कानून र सर्तहरू पालना गर्ने आफ्नो प्रतिबद्धताको लिखित आश्वासन दिएको छ।  यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी शुरु भएको बताइएको छ । मन्त्रिपरिषद्‌को बैठकमा नेपालमा टिकटकमाथिको प्रतिबन्ध खुलाउनेबारे सामान्य चर्चा र छलफल भएको पुष्टि भएको स्रोतले बताएको छ ।