कालीबाबाद्वारा हिन्दूधर्म रक्षाको अनुरोध

कालीबाबाद्वारा हिन्दूधर्म रक्षाको अनुरोध


काठमाडौं, भदौ ४

दोलखा भीमसेनको शीलामा पसिना आएपछि आफूले त्यहाँ पुगी क्षमा पूजा गरेको कालीबाबाले बताउनुभएको छ ।

पशुपति क्षेत्रमा सञ्चालित यज्ञको पूर्णाहुतिका क्रममा नेपाल आउनुभएका कालीबाबाले आज यहाँ आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दोलखाको भीमेश्वर मन्दिरमा हालै पसिना आएको घटनालाई गम्भीर रुपमा लिन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो ।

उहाँले वैदिक सनातन धर्मको शिरमा रहेको भनी विश्वभर पहिचान बनाएको नेपालको चिनारी मेटाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

सनातन हिन्दूधर्मको रक्षा होस् भनी यसअघि आफूले नेपालमा दुईपटक कोटीहोम आयोजन गरेको स्मरण गर्दैै कालीबाबाले आगामी मङ्सिरको पहिलो साता झापाको कन्काइमा महायज्ञ गर्न लागेको जानकारी दिनुभयो ।

सनातन हिन्दूधर्मको रक्षा एवं प्रवर्द्र्धनमा योगदान पु¥याउनुभएका  कालीबाल हाल भारतको आसाम, नयाँदिल्लीस्थित आसाममा बस्दै आउनुभएको छ ।  
 
कोशी प्रदेशको ओखलढुङ्गा जिल्लामा बाह्मण परिवारमा जन्मनुभएका कालीबाबा बाल्यकालमै भारत पुगी त्यहीँबाट शिक्षादीक्षा लिएर धार्मिक गतिविधिमा सक्रिय हुनुहन्छ । रासस
---