नाडा अटो शोमा केइ ले ३ ओटा मोडेल सार्वजनिक गर्ने

नाडा अटो शोमा केइ ले ३ ओटा मोडेल सार्वजनिक गर्ने

काठमाडौ, भदौ ४ 

नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ । जस अन्तर्गत सहभागिता जनाउन केइ नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ ।

सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्न सक्ने छन् । केइ नेपालको सोसियल मीडिया फोलोवर्स र

फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सकिने कम्पनीको भनाई छ । यो क्याम्पेन मंगलबारबाट सुरु भई भदौ १० गतेसम्म चल्ने बताइएको छ । आउदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं एच १६ मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुका बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटी सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।