श्रीमतीको हत्या गरेको अभियोगमा प्रक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा प्रक्राउ

झापा, भदौ ५
आफ्नै श्रीमती ३० वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्ने ४७ वर्षीय ओम प्रकाश अधिकारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ओम प्रकाशले घरायसी विवादको कारण खुकुरी प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम प्रकाशलाई खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।