नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

 

  काठमाडौं, भदौ ५

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ । नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने आउने सवारीसाधान पिप्लामोडभन्दा तलै रोकेको छ ।