छ अंकले बढ्यो नेप्से

छ अंकले बढ्यो नेप्से


काठमाडौं, भदौ ६    

नेप्से बढेको छ । साताको अन्तिम कारोबार दिन आज आज बिहिबार नेप्से छ दशमलव शुन्य एक अंकले बढेर २९ सय ७४ दशमलव ४६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले बढेर पाँच सय ३३ दशमलव ८६ अंकमा चढेको छ ।

तीन सय ३३ वटा कम्पनीहरुको दुई लाख १६ हजार चार सय ५५ पटकको कारोबारमा चार करोड नौं लाख ५१ हजार सात सय २० कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १९ अर्ब १६ करोड छ लाख ५२ हजार ८५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन र सामूहिक लगानी कोष समूहको सूचक बढेका छन् भने निर्जीवन बीमा, लगानी, लघुवित्त, उत्पादनमुलक, अन्य र व्यापार समुहहरुको सूचक पनि घटेकाछन् ।

नेप्सेमा आज तारागाउँ रिजेन्सी होटलले सबैभन्दा बढी कमाएको छ भने सिद्धार्थ बैंकको ऋणपत्र २०८३ ले सबैभन्दा बढी गुमाएको छ । शाईन रेसुंगा डेभलपमेन्ट बैंकको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।