नागार्जुनमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु

नागार्जुनमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु

 

काठमाडौं, भदौ ९ 

काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित सडकमा प्र.०१–०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२–०१७ प १०९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक प्रवेश खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।