होन्डा कारको होन्डा कार दशैं उपहार योजना सार्वजनिक

होन्डा कारको होन्डा कार दशैं उपहार योजना सार्वजनिक

काठमाडौं, भदौ ९
होन्डा कारको आधिकारिक डिलर स्याकार ट्रेडिंग कम्पनीले “होन्डा कार दशै उपहार, अफरमाथि  अफर“ नामक आकर्षक ग्राहक उन्मुख उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि होन्डा कार खरिद गर्दा पाँच लाख रुपैंयाँसम्म नगद छुट, बिमा र दुई वर्षका लागि गाडीको बीमाशुल्क र कर निशुल्क र पाँचवर्षका लागि कारको निःशुल्क सर्भिसिंग प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरूलाई सजिलै कर्जा प्रदान गर्न होन्डाले आकर्षक ब्याज दरको साथ २० प्रतिशतसम्म डाउन पेमेन्ट उपलब्ध गराएको जानकारी दिएको छ । यसबाहेक, होन्डाले आफ्ना ग्राहकहरूलाई “रोड साइड असिस्टेन्सको सुविधा दुई बर्षको वारेन्टी वा एक लाख किलोमिटर चल्दासम्म वारेन्टी प्रदान गर्नेछ ।  यो योजना सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीको भनाई छ । नेपालमा सबैभन्दा मनपर्ने र विश्वसनीय होन्डा कारका लागि यो आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने कम्पनीको विश्वास छ ।