अमेरिकाको टेक्ससमा अध्ययनरत नेपाली विद्यार्थीको गोली हानी हत्या

अमेरिकाको टेक्ससमा अध्ययनरत नेपाली विद्यार्थीको गोली हानी हत्या

 काठमाडौं, भदौ १२

अमेरिकाको टेक्ससमा अध्ययनरत एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली लागेर हत्या भएको हो । उनको छातीमा धेरै गोली लागेको थियो ।

अपार्टमेन्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र शव भएको जानकारी दिएको थियो । सूचना पाएपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । समाचार एजेन्सीका अनुसार मुनाको छातीमा गोली लागेको थियो ।  मुनाका साथीहरूका अनुसार उनको फोन दुई दिनदेखि स्वीचअफ थियो ।  पारिवारिक स्रोत तथा समाचारपत्रहरुले जनाए अनुसार उनको एक जना श्वेत अमेरिकी केटासँग प्रेम सम्बन्ध थियो । 

मृतक मुना तीन वर्ष अघि एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा अमेरिका गएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।