नेप्सेमा झण्डै चार अंकले बृद्धि, झण्डै १४ अर्बको शेयर किनबेच

नेप्सेमा झण्डै चार अंकले बृद्धि, झण्डै १४ अर्बको शेयर किनबेच

काठमाडौं, भदौ १२
नेप्से झण्डै १४ अंकले बढेको छ । नेप्से आज तीन दशमलव ८० अंकले बढेर २७ सय ८६ दशमलव ४० अंकमा अंकमा पुग्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै  सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले बढेर चार सय ९८ दशमलव १५ अंकमा पुगेको छ । 

नेप्सेमा आज तीन सय २६ वटा कम्पनीहरुको एक लाख ६८ हजार एक सय ७५ पटकको कारोबारमा तीन करोड ५० लाख ३९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ रुपैंयाँ पुगेको छ ।  
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, जलविद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक बढेका छन् भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र व्यापार समुहको सुचक घटेर रातै भएका छन् । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज लिर्वटी इर्नर्जी कम्पनी, हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुणखोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने कर्णाली बिकास बैंक, थ्रि स्टार हाईड्रो पावर कम्पनी, नबिल ब्यालेन्स फण्ड ३ आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल फार्ईनान्स, चन्द्रागिरी हिल्स लिमिटेड आदि परेका छन् ।