काठमाडौंको शंखमुलमा पुल हाउसका संचालकको हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौंको शंखमुलमा पुल हाउसका संचालकको हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, भदौ १३
काठमाडौं महानगरपालिका–१० शंखमुल साईबाबा पार्कस्थित पुल हाउसका संचालक रूपक बान्तवाको हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका–७ घर भएका २२ वर्षीय एमके कुमारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

कुमारले सोमबार बिहान रड प्रहार गर्दा गम्भीर घाइते भएका रूपकको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उनकै डेरा कोठाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।