नेप्से राताम्मै, ५३ अंकले घट्दा १० अर्ब ५१ करोडको शेयर किनबेच

नेप्से राताम्मै, ५३ अंकले घट्दा १० अर्ब ५१ करोडको शेयर किनबेच

काठमाडौं, भदौ १६

नेप्से घटेर राताम्मै भएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ५३ दशमलव ६३ अंकले घटेर २६ सय ९५ दशमलव ९३ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ आठ दशमलव  ९१ अंकले घटेर चार सय ८० दशमलव ८८ अंकमा अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको एक लाख ३० हजार छ सय ३२ पटकको कारोबारमा आज दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर भएका छन् । जसबाट आज कुल कारोबार रकम १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार किनबेच हुँदा सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा,  लघुवित्त, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, अन्य र व्यापार समुहको सूचक घटेर राताम्मै देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सुपरमाई हाईड्रोपावर लिमिटेड, सानिमा लार्ज क्याप फण्ड आदिको शेयर मूल्य बढेका छन् भने पिपुल्स हाइड्रोपावर लिमिटेड, थ्रि स्टार हाईड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने गुडविल फाईनान्स लिमिटेड, नेपाल फाईनान्स लिमिटेड आदि परेका छन् ।