१२७ अंंकले बढ्यो नेप्से

१२७ अंंकले बढ्यो नेप्से

  काठमाडौं, भदौ १७

नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार एकै दिन एक सय २७ दशमलव ३२ अंकले बढेर २८ सय २३ दशमलव २५ अंकमा कायम भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ९४ अंकले बढेर पाँच सय तीन दशमलव ८३ अंकमा कायम भएको छ ।  

नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको एक लाख ६० हजार पाँच सय ७९ पटक शेयर भएका छन् । सो अनुसार तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुई रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, समृद्धि फाइनान्स लिमिटेड, सुपर माई हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने लक्ष्मी उन्नति कोष, माईखोला हाईड्रोपावर लिमिडटेड, मितेरी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने गुडविल फाइनान्स लिमिटेड, अपि पावर लिमिटेड आदि परेका छन् ।