टिकेन नेप्सेको उकालो यात्रा, ९० अङ्कको गिरावट

टिकेन नेप्सेको उकालो यात्रा, ९० अङ्कको गिरावट

काठमाडौं, भदौ १९

नेप्से घटेर राताम्मै भएको छ । आज बुधबार नेप्से ९० दशमलव ७३ अंकले घटेर २७ सय ३९ दशमलव ४६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि १६ दशमलव ३१ अंकले घटेर चार सय ८८ दशमलव ७१ अंकमा झरेको छ ।  

नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको एक लाख ३७ हजार एक सय ६३ पटकको कारोबारमा दुई करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार दुई सय १५ रुपैयाँ काया भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक घटेर राताम्मै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज एक्सेल डेभलपमेन्ट बैंक, वीन लघुवित्त वित्तीय संंस्था, समाज लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने कुमारी इक्विटी फण्ड, सुपरमाई हाईड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स, एक्सेल डेभलपमेन्ट बैंक, सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।