लुकाई छिपाई राखेको लत्ताकपडा बरामद

लुकाई छिपाई राखेको लत्ताकपडा बरामद


काठमाडौ, भदौ २०
सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–४ मेहता टोलबाट भाद्र १९ गते करीव ४ लाख ४२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।
 

सोही ठाउँ बस्ने सुनिल मेहताको घरमा अबैध रुपमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बिओपी साहेवगंज, नेपाल प्रहरी र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईको छ ।